सखुवानन्कारकट्टी गाउँपालिकाकाे माेबाइल एप्लिकेसन सुरु।

सखुवानन्कारकट्टी गाउँपालिका सूचना सहितकाे हाम्राे गाउँपालिका एप्स सार्वजनिक गरेकाे छ। गाउँवासिलार्इ सूचना तथा प्रविधि मैत्री बनाउने उदेश्य सहित एप्स ल्याएकाे हाे । गाउँपालिकाले अाफूले प्रदान गरेकाे सेवाप्रवाहलार्इ प्रविधिमैत्री बनाउने हिसावले माेवाइल एप्स सार्वजनिक गरेकाे छ । गाउँपालिकाबाट प्रदान गरिने सेवा लिनकाे लागि पूरा गर्नुपर्ने अावश्यक प्रक्रिया जिम्मेवार व्यक्ति लगायतका जानकारीहरु घरबाटै लिन सकिने गरी माेवाइल एप्स तयार पारेकाे हाे । खुला सरकारकाे अवधारणा अनुरुप सखुवानन्कारकट्टी गाउँपालिकाले अाफूले प्रदान गर्ने सम्पूर्ण सेवा माेबाइल एप्लिकेशन सार्वजनिक गरेकाे हाे ।

 माेबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझन सक्ने यस गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयाे । जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, गाउँपालिकाका याेजनागत कार्यक्रम, गाउँपालिकाका प्रगति विवरण, गाउँपालिका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटेर एप्स वनाइएकाले जनता र गाउँपालिका दुवैका लागि याे अत्यन्त प्रभावकारी हुनेमा विश्वस्त रहेकाे गाउँप्रमुख ज्यूले बताउनुभयाे ।

एप्सका विशेषता यस्ता छन्

  • एप्स गाउँपालिकाका विभिन्न सूचनाहरु समेटिएकाे छ ।
  • गाउँपालिकालार्इ सफा राख्नकाे लागि फाेहाेरकाे सूचना दिने व्यवस्था पनि एप्समा छ ।
  • एप्समा घटना दर्ता, सामाजिक सुरक्षा, विभिन्न कामका लागि अावश्यक कागजातकाे विवरण र कामकाे लागि लाग्ने समयकाे समेत उल्लेख गरिएकाे छ ।

​याे एप्लिकेसन यहाँहरुले https://play.google.com/store/apps/details?id=np.gov.MoFALD यस लिङ्कमा गएर वा प्ले स्टेरमा गएर सखुवानन्कारकट्टी गाउँपालिका खाेज्न सक्नुहुन्छ ।

आर्थिक वर्ष: